९६ रनको लक्ष्य ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा

नेपालको नाममा ओडिआई इतिहासकै पाँचौं सर्वाधिक छिटो जित

मंगलबार, फागुन ३०, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध ७.४ ओभरमा पूरा गरेको लक्ष्य ओडिआई इतिहासकै सर्वाधिक छिटो पाँचौं जित हुन पुगेको छ ।
नेपालले सोमबार ९६ रनको लक्ष्य ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन ओडिआई इतिहासको सर्वाधिक छिटो पाँचौं जित थियो । ओडिआईमा सर्वाधिक छिटो जित श्रीलंकाको नाममा छ । श्रीलंकाले २००१ मा कोलोम्बोमा जिम्बावेले दिएको ३९ रनको लक्ष्य ४।२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । उक्त खेल श्रीलंकाले २ सय ७४ बल अघि जितेको थियो ।
दोस्रो सर्वाधिक छिटो जित पनि श्रीलंकाकै नाममा छ । श्रीलंकाले २००३ मा क्यानडाले दिएको ३७ रनको लक्ष्य ४.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । श्रीलंकाले उक्त खेल २ सय ७२ बल अघि पूरा गरेको थियो । तेस्रो स्थानमा नेपालको नाम छ । नेपालले २०२० मा अमेरिकाले दिएको ३६ रनको लक्ष्य २ विकेट गुमाउँदै ५.२ ओभरमा पूरा गरेको थियो । नेपालले उक्त लक्ष्य २ सय ६८ बल अघि पूरा गरेको थियो ।
२००७ मा न्युजिल्यान्डले बंगलादेशले दिएको ९४ रनको लक्ष्य ६ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो । त्यसपछि नेपालले पपुवा न्युगिनीविरुद्ध सर्वाधिक छिटो पाँचौं जित हात पारेको हो । नेपालपछि अष्ट्रेलिया छ । २००४ मा अमेरिकाले दिएको ६६ रनको लक्ष्य अष्ट्रेलियाले मा ७.५ ओभरमा पूरा गरेको थियो ।
यो नेपालको विकेटको हिसाबमा सवैभन्दा ठूलो जित हो । यसअघि नेपालको २०२० मा अमेरिकाविरुद्ध ८ विकेटको जित हात पारेको थियो । रनको हिसाबमा नेपालको सर्वाधिक ठूलो जित युएईविरुद्ध आइतबार १ सय ७७ रन छ । त्यसअघि २०२१ मा पपुवा न्युगिनीविरुद्ध १ सय ५१ रनको जित थियो ।
नेपालको जितमा आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा नटआउट रहे । कुशल भुर्तेल १४ बलमा १४ बलमा ४ चौका र २ छक्कासहित ३३ र कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भएको थियो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार