एन्फामा भाँडभैलो

विदेश हिँडेका एन्फा उपाध्यक्ष काठमाडौं विमानस्थलबाट फर्काइए

सोमबार, फागुन २९, २०७९
Global Ime Bank

काठमाडौं । फिफाको सम्मेलनमा भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराटजंग शाही आफ्नो स्थानमा अर्कैलाई पठाइएको जानकारी पाएपछि घर फर्केका छन् । उनी रुवान्डामा आयोजना हुन लागेको विश्व फुटबल महासंघ (फिफा) को ७३औं कंग्रेसमा भाग लिन जाने क्रममा विमानस्थल पुगेका थिए ।
एन्फाले उक्त सम्मेलनमा शाहीको स्थानमा सदस्य मणिराज विष्टलाई पठाएपछि उनी एयरपोर्टबाट फर्कन बाध्य भएको बताइएको छ । कार्यक्रममा भाग लिन अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र उपाध्यक्ष शाहीको नाम पठाइएको थियो ।
तीनैजनाको विदेशयात्राको सबै तयारी भइसकेको अवस्थामा विष्टलाई कंग्रेसमा सहभागी गराउने निर्णय शाहीले विमानस्थल पुगेपछि थाहा पाएपछि फर्केका बताइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  २०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार