नेपालको विष्फोटक ब्याटिङ, एकै ओभरमा २६ रन

सोमबार, फागुन २९, २०७९
Global Ime Bank

काठमाडौं । नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध विष्फोटक ब्याटिङ गरेका छन् ।

जितको लागि ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३.३ ओभरमा १ विकेट गुमाउँदै ५१ रन बनाएको छ । कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । आसिफ शेख ९ बलमा ४ चौकासहित १६ रनमा क्रिजमा छन् ।  कुशलले दोस्रो ओभरमा कबुवा मोरेआलाई एकै ओभरमा २६ रन प्रहार गरेका थिए । पहिलो बल चौका, दोस्रो डट र तेस्रो बल चौका हानेका थिए । पाँचौं बलमा दुई रन जोड्दा, त्यसपछि बाँकी दुई नो बलमा चौका लगातार हानेका थिए ।

अन्तिम बलमा छक्का हानेका थिए । चाल्स अमिनीलाई तेस्रो ओभरमा आसिफ शेखले तीन चौकासहित १२ रन जोडेका थिए । नेपालले ३.२ ओभरमै सुरुवाती ५० रन जोडेको थियो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भएको थियो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए ।

सन्दीपको यो ओडिआई करिअरको तेस्रो पटक पाँच विकेट हो । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै पाँच विकेट पूरा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार