सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा तीन पटक पाँच विकेट लिने दोस्रो खेलाडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई ३२ ओभरमा ९५ रनमा अल आउट गर्न सन्दीपले पाँच विकेट लिए । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै करिअरको तेस्रो पटक ओडिआईमा तीन पटक पाँचमाथि विकेट लिएका हुन् । सन्दीपले करण केसीसँगको कीर्तिमान कायम गरेका छन् । सन्दीपले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपले आइसिसी विश्वकप लिग–२ मा २०२० फेब्रुअरी १२ मा टियु मैदानमा सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । सन्दीपले २०२१ सेप्टेम्बर १० मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । जुन ओडिआईमा नेपालको उत्कृष्ट बलिङ प्रदर्शन हो । सन्दीपपछि करणले २०२२ जुनमा लिग २ मा ओमानविरुद्ध १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिएका थिए । त्यस्तै सिरिजमा करणले ओमानविरुद्ध ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिएका थिए । करणले एक महिना अघि नामिबियाविरुद्ध १० ओभरमा ६१ रन खर्चेर ५ विकेट लिएका थिए । सोमपाल कामी र ललितनारायण राजवंशीले एक एक पटक पाँच पाँच विकेट लिएका छन् । सोमपाल नेपालबाट ओडिआई पाँच विकेट लिने पहिलो बलर समेत हुन् । सोमपालले २०१९ मा युएईविरुद्ध दोस्रो ओडिआई खेलमा ६.३ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ५ विकेट लिँदै इतिहास रचेका थिए । आइतबार युएईविरुद्ध ललितनारायण राजवंशीले ७।५ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिएका थिए । टि२० आईमा भने करण केसी र सन्दीप लामिछानेले एक एक पटक पाँच पाँच विकेट लिएका छन् ।