किरण आइ लिगको उत्कृष्ट गोलकिपर चुनिए

सोमबार, फागुन २९, २०७९
Global Ime Bank

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ हिरो आइ लिग २०२२–२३ को उत्कृष्ट गोलकिपर चुनिएका छन् । आइ लिगको समापनमा आइतबार राउन्ड ग्लास पन्जाबका किरणलाई उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो ।
सोही क्लबबाट खेल्दै किरण दुई वर्षअघि पनि आइ लिगमा उत्कृष्ट गोलकिपर चुनिएका थिए । सन् २०१८ मा माल्दिभ्सबाट टिसी स्पोर्टसलाई त्यहाँको लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलका किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

roundclass-panjan-i-league-champion1678688878.jpg
किरण सम्मलित टोली राउन्ड ग्लास पन्जाब यसअघिको खेलमा नै विजयी हुँदै आइ लिग च्याम्पियन बनेका थियो । च्याम्पियन पन्जाब इन्डियन सुपर लिग (आइएसएल) का लागि छनोट भइसकेको छ । अन्तिम खेलमा पनि आइतबार जित हासिल गर्दै पन्जाबले ५२ अंकका साथ यो सिजनको अन्त्य गरेको छ ।
पन्जाबले टिडिम रोड एथलेटिक युनियन एफसी ९टिआरएयू० लाई २–० ले हराउँदा किरण भने टोलीमा थिएनन् । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका माज्केनले ३६ औं र ४९ औं मिनेटमा गोल गरेका थिए । २२ खेलमा १६ खेल जितेको पन्जाबले ४ खेलमा बराबरी र २ खेलमा हार बेहोरेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार