चापागाउँबाट आठौँ शताब्दीको बुद्धको मूर्ति चोरी

सोमबार, फागुन २९, २०७९

ललितपुर । दक्षिण ललितपुरको चापागाँउमा रहेको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको दुईवटा मूर्ति चोरी भएको छ । चापागाउँ स्थित पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको बुद्धको मूर्ति गएराति चोरी भएको स्थानीयले जानकारी दिएका छन् । पुरानो बसपार्कमा फेन्सी पसलका सञ्चालक जगदिश्वर देसारले आफूहरुले बिहान मूर्ति चोरी भएको जानकारी पाएको बताए । चार  मूर्ति रहेको बुद्ध चैत्यमा यसअघि फागुन १७  मा पनि मूर्ति चोरी भएको थियो । 
चैत्यमा राखिएको चार मूर्तिमध्ये तीन चोरी भइसकेको छ । बुद्धको मूर्ति भएको स्तूपा भत्काएर चोरी गरिएका अवस्थामा सर्वसाधरणाले भेट्टाएका हुन् । यो चैत्य इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।
महानगरिय प्रहरी बृत्त चापागाँउकाका अनुसार ललितपुरको चापागाँउमा महानगरिय प्रहरी बृत्तसँगै रहेको आठौं शताव्दीको ऐतिहासिक पुरातात्विक बुद्धको मूर्ति चोरी भएको हो । यही चैत्यको उत्तरतर्फको बुद्ध मूर्ति गत फागुन १७ गते राती चोरी भएको थियो । चापागाँउ पुरानो वसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यको मूर्ति स्तुपा भत्काएर चोरी भएको प्रहरी बृत्त चापागाँउका डिएसपी कृष्णकुमार चन्दले बताए । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार