सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ३२ ओभरमा अल आउट हुँदै ९५ रन मात्रै बनाएको छ । नेपालको बलिङमा सन्दिप लामिछाने नायक बने । उनले ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चिए । ललित राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।