नेपालको सानदार बलिङ

२९ ओभरको खेल हुँदा पीएनजी ७ विकेटको क्षतिमा ८८ मात्रै जोड्न सफल
सोमबार, फागुन २९, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार बलिङ प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २९ ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।
चाल्स अमिनी २८ बलमा १ चौकासहित १७ रनमा सन्दीप लामिछानेले क्याच आउट गराए । नेपाललाई बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे ।
लगातार डट बलको कारण दबाबमा परेका उनले ठूलो सट खेल्ने धुनमा मिस भएपछि अफ साइडको स्टम्पमा बल लाग्दै बोल्ड भएका थिए । त्यस्तै हिरि हिरि सोमपाल कामीको बलमा १४ रनमा क्याच आउट भए । उनले २२ बलमा २ चौका प्रहार गरे । हिरि थर्डम्यानमा करण केसीबाट क्याच आउट भएका थिए ।
नेपाललाई तेस्रो सफलता सन्दीपले दिलाएका थिए । सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई १८ रनमा बोल्ड आउट गरे । २८ बल खेलेका बाउले ३ चौका प्रहार गरे । सन्दीपले आफ्नो स्पेलको पहिलो ओभरमै विकेट लिएका थिए ।
सन्दीपको २० औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान असद भाला डिप स्क्वायर लेगमा ललितनारायण राजवंशीबाट २० रनमा क्याच आउट भए । उनले ३१ बलमा २ चौका प्रहार गरे ।
नेपाललाई पाँचौं सफलता ललितनारायण राजवंशीले दिलाए । राइली हेकुरे ललितको बलमा चार रनमा कट एण्ड बोल्ड आउट भए ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार