सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कसिलो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ८ ओभरमा २ विकेट गुमाउँदै १८ रन बनाएको छ । पिएनजीका सेसे बाउ र असद भल्ला क्रिजमा छन् । नेपाललाई बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे । लगातार डट बलको कारण दबाबमा परेका उनले ठूलो सट खेल्ने धुनमा मिस भएपछि अफ साइडको स्टम्पमा बल लाग्दै बोल्ड भएका थिए । उनले १६ बल खेलेका थिए । डोरिगा राम्रो लयमा छन् । पछिल्लो खेलमा युएईविरुद्ध डोरिगाले ५५ रनको इनिङ खेलेका थिए । यस्तै सातौं ओभरमा पनि पिएनजीले विकेट गुमाएको छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् । अन्य परिवर्तन भने छैन । नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितका साथ सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा पुग्न चाहन्छ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । नेपाल चौथो स्थानमा रहँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ। नेपालले अव बाँकी दुई खेल जितेमा ४० अंकका साथ शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पाउँछ । दुई मध्य एक खेल पराजित भएमा भने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । त्यसैले नेपाल दुवै खेल जित्दै सोझै विश्वकप छनोट खेल्न चाहन्छ । यता पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंकका साथ पुछारमा छ । पिएनजीले पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ । अव प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्न सकेमात्रै पिएनजीले विश्वकप छनोट खेल्न पाउँछ । त्यस्तै सोझै ओडिआई मान्यता अवसर गुमाएको पिएनजीले प्लेअफ क्वालिफायरमा जर्सी र क्यानडालाई पछि पार्न सके निरन्तरता पाउनेछ । अन्यथा चार वर्षको लागि ओडिआई मान्यता गुम्ने देखिन्छ ।
नेपालको प्लेइङ ११: आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, करण केसी, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।