सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध सानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । जितको लागि २ सय ४९ रनको बलियो विजयी लक्ष्य पछ्याएको युएईले १६.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन मात्रै बनाउन सफल भएको छ । स्पिनर ललित नारायण राजवंशीले पहिलो ओभरको पाँचौं बलमा वृत्य अरविन्दलाई बोल्ड गर्दै पेभेलिएन फर्काएका थिए। यसअघि मध्यक्रममा खेल्ने वृत्यलाई युएईले आज ओपनिङ गराएको थियो । वृत्य सुरुवातमै आउट भए । तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई शून्यमा दीपेन्द्रसिंह ऐरीले बोल्ड आउट गरे । पछिल्ला दुई खेलमा अर्धशतक प्रहार गरेका आर्यन पनि शून्यमै पेभेलिएन फर्के । मोहम्मद वासिम ललितको पाँचौं ओभरको चौथो बलमा कुशल भुर्तेलबाट एक रनमा क्याच आउट भए । सोमपाल कामीले आसिफ खानलाई ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएपछि युएई ८÷४ को दयनीय अवस्थामा पुगेको थियो । सन्दीपले १४ औं ओभरको चौथो बलमा रोहन मुस्तफालाई ६ रनमा एलबीडब्लू आउट गरेपछि ३४÷५ को संकटमा पुगेको हो । छैठौं विकेट ललित नारायण राजवंशीले लिएका हुन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रनमा अल आउट भएको थियो । नेपालका कप्तान रोहित पौडेलले १ सय १२ बलमा ९ चौकासहित सर्वाधिक ७७ रनको योगदान दिए ।