सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालका कप्तान रोहित पौडेल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गर्दै आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४१.४ ओभरमा ५ विकेट गुमाउँदै १ सय ९० रन बनाएको छ । रोहित १ सय १२ बलमा ९ चौकासहित ७७ रनमा आउट भएका छन् । रोहित स्पिनर आयन खान अफ्जलको ३८ औं ओभरको तेस्रो बलमा ठूलो सट खेल्दै लङअफमा कार्तिम मयाप्पनबाट क्याच आउट भए । रोहितले रोहितले ८३ बलमा ७ चौकासहित ओडिआई करिअरको आठौं अर्धशतक प्रहार गरेका थिए । योसँगै रोहित नेपालबाट ओडिआई सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । रोहितले ज्ञानेन्द्र मल्ल र आसिफ शेखलाई पछि पारेका हुन् । ज्ञानेन्द्र मल्ल र आसिफ शेखले ओडिआईमा ७(७ अर्धशतक प्रहार गरेका छन् । कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले ओडिआईमा ४(४ अर्धशतक प्रहार गरेका छन् । एक समय ७६–४ को अवस्थामा पुगेको नेपाललाई आरिफ शेख र रोहित पौडेलले ८६ रनको साझेदारी गरेका थिए । आरिफ र गुलशन झा रनमा क्रिजमा छन् । भीम सार्की ३७ बलमा ४ चौकासहित २९ रनमा क्याच आउट भए । एक समय २२–३ को खराब सुरुवात गरेको नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । तर मुस्तफाको २२ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका भीम लङअनमा कार्तिक मपाप्पनबाट क्याच आउट भएपछि साझेदारी तोडिएको छ । भीमले त्यसअघिको दुई बलमा लगातार दुई चौका हानेका थिए । तेस्रो बाउन्ड्री धुनमा विकेट गुमाएका थिए ।