सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र युएईका रोहन मुस्तफाबीच आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा टियु मैदानमा भनाभन भएको छ । स्पिनर आर्यन लाक्राको १५ औं ओभरको अन्तिम बलमा रोहित स्विप सट खेलेका थिए । युएईका खेलाडीले जोडले आउट अपिल गरेका थिए । युएईका खेलाडीले कट बिहाइन्डको अपिल गरेका थिए । त्यतिकैमा रोहन मुस्तफाले रोहितलाई केहि भनेका थिए । तर त्यसपछि रोहित केहि आक्रोश हुँदै रोहुन मुस्तफातर्फ अघि बढेका थिए । प्वाइन्टमा भएका मुस्तफाले केहि भनेपछि रोहित आक्रोशित बनेका थिए । रोहित र मुस्तफाबीच केहि भनाभन भएको थियो । त्यसपछि पनि रोहित रोकिएका थिएनन् । युएईका खेलाडी र अम्पायरले दुवै खेलाडीलाई सम्झाएका थिए । यूएईकै अन्य खेलाडीले मुस्तफालाई चुप रहन भन्दै तानेर लगेका थिए । रोहितले अम्पायरलाई केहि भनि रहेका थिए । केहि समयपछि भने संयमित बनेका थिए । युएईकै खेलाडीले तानेर मुस्तफालाई लगेका थिए । युएईका कप्तान मोहम्मद वासिमले मुस्तफालाई उता लगाएका थिए । वासिमले कप्तान रोहितलाई सम्झाएका थिए । पछिल्लो खेलमा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सन्दीप लामिछाने र रोहन मुस्तफाबीच मैदानमा भनाभन भएको थियो । सन्दीपले उक्त खेलमा एलबीडब्लू अपिल गर्दा भनाभन भएको थियो । सन्दीपले एक दिनपछि सामाजिक सञ्जालमा मैदानभित्रको प्रतिस्पर्धी भएपनि बाहिर असल साथी रहेको बताएका थिए । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३४.२ ओभरमा ४ विकेट गुमाउँदै १४८ रन बनाएको छ । रोहित ६८ र आरिफ शेख २७ रनमा क्रिजमा छन् । पावर प्लेमा नेपालले तीन विकेट गुमाएपछि रन बनाउन संघर्ष गर्नु परेको छ । चोभार एण्डबाट आएका स्पिनर आर्यन लाक्राले दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखलाई शून्यमा बोल्ड गरे । अघिल्लो खेलमा पिएनजीविरुद्ध १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका आसिफ युएईविरुद्ध भने पाँच बल खेल्दा खाता खोल्न सकेनन् । पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल ८ रनमा एलबीडब्लू आउट भए । स्पिनर आयन अफ्जल खानको बलमा स्विप खेल्ने धुनमा मिस हुँदा कुशल एलबीडब्लू आउट भएका थिए । नेपाललाई पछिल्लो खेलमा दुई ओपनरले पिएनजीविरुद्ध पहिलो विकेटका लागि १ सय १० रनको सानदार शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । तर युएईले सुरुवात देखिनै दुवै बायाँ हाते अर्थोड्रक्स स्पिनरलाई लगाउँदै नेपाललाई दबाबमा राख्यो । अर्थोड्रक्स स्पिन नेपाली ब्याटरको कमजोरी हो । तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ठूलो सट खेलेका कुशल मल्ल टप एज लागेर मिडअनमा मोहम्मद वासिमबाट ९ रनमा क्याच आउट भए । १५ बल खेलेका उनले २ चौका प्रहार गरे । जुनैद र जहुर खानले लगातार राम्रो बलिङ गर्दै नेपाललाई दबाबमा राखेका छन् । नेपाल यस खेलमा विजयी हुँदा दुई खेल अगाडिनै आगमी चार वर्षको लागि ओडिआई मान्यता बचाउने पक्का हुनेछ । नेपालले आजको खेलमा ज्ञानेन्द्र र करणलाई बेन्चमा राखेको छ । ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएकोछ । ज्ञानेन्द्रको पछिल्लो समय प्रदर्शन राम्रो छैन । त्यसको कारण गुलशन झाई मौका दिएको छ । करणको स्थानमा ललितलाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन । स्पिनर सहयोगी पिच हुँदा ललितलाई मौका दिएको हो । युएईले रिजवानलाई बेन्चमा राख्दै अश्वन्त वल्थापालाई डेब्यू दिएको छ । २१ वर्षीय बायाँ हाते विकेटकिपर वल्थापाले यू(१९ क्रिकेट युएईबाट खेलेका छन् । युएईले कप्तानबाट हटाएको दुई खेलपछि रिजवानलाई बेन्चमा राखेको हो ।