ज्ञानेन्द्रको लय नेपाललाई चिन्ताको विषय

आइसिसी विश्वकप लिग–२ मा आज नेपाल युएईसँग खेल्दै

आइतबार, फागुन २८, २०७९

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल विहान ९ ः ३० मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले पछिल्लो खेलमा पपुवा न्युगिनीलाई ५२ रनले हराएको थियो । ओपनरमा कुशल र आसिफलाई निरन्तरता दिनेछ । खराब प्रदर्शन गर्दा पनि यी दुई खेलाडी नै ओपनरमा हुनेछन् ।
पछिल्लो खेलमा कुशल मल्ल तेस्रो नम्बरमा ब्याटिङ गर्दै दुई रनमा आउट भएका थिए । कुशल पछिल्लो समय लयमा छन् । कुशलको भूमिका आक्रामक ब्याटिङ गर्ने हुनेछ । उनी आक्रामक ब्याटिङ गर्दा विकेट गुम्ने खतरा पनि त्यतिनै हुनेछ । टोलीले ओपनर सस्तैमा गुमाएमा भने ज्ञानेन्द्र मल्लले तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् । राम्रो सुरुवात गरेमा कुशल मल्लले तेस्रो नम्बरमा खेल्नेछन् ।
पछिल्लो खेलबाट नेपालको टोलीमा परिवर्तन गर्नसक्ने नाम ज्ञानेन्द्र मल्ल मात्रै हुन् । प्रदर्शन हेर्दा कुनैपनि खेलाडीमा परिवर्तनको सम्भावना देखिदैन । ज्ञानेन्द्रले पछिल्ला ९ इनिङमा क्रमशः ११, ११, ६, ०, ४, २१, ६५, ४ र २२ छ । ज्ञानेन्द्रले ६५ रन नामिबियाविरुद्ध टियु मैदानमै दुई साता अघि हानेका थिए । ज्ञानेन्द्रको लय नेपाललाई चिन्ताको विषय बनेको छ ।
नेपालले एक ब्याटर अतिरिक्त खेलाउँदै आएको छ । बलिङमा प्रमुख तीन बलरसहित कुल ७ विकल्प हुँदा नेपालले ज्ञानेन्द्रलाई निरन्तरता दिने सम्भावना देखिन्छ । उनीमाथि नेपालले थप विश्वास देखाउनेछ । ज्ञानेन्द्र आफैंलाई पनि ठूलो प्रदर्शनको दबाब छ ।
कप्तान रोहित पौडेलले चौथो नम्बरमा ब्याटिङ गर्नेछन् । भीम सार्कीले पपुवा न्युगिनीविरुद्ध ४४ रन जोडेका थिए । त्यसअघि युएईविरुद्ध ७० रन जोडेका भीम छैटौं नम्बरमा खेल्नेछन् । भीमबाट नेपाल पछिल्ला दुई खेलमा जस्तै परिपक्क र ठूलो इनिङ चाहन्छ ।
दीपेन्द्रसिंह ऐरी सातौं र आरिफ शेख आठौं नम्बरमा खेल्नेछन् । टोलीको सुरुवातमा यी दुई ब्याटरको प्रदर्शन भर पर्नेछ । यदि राम्रो अवस्थामा रहे दीपेन्द्रले अघि ब्याटिङ गर्नेछन् । खराब सुरुवात गर्दा आरिफले अघि खेल्नेछन् । आरिफ समय लिँदै इनिङ एक एन्डबाट बचाउन सक्छन् ।
तल्लोक्रममा सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने हुनेछन् । यी तीन खेलाडीले टिमको अवस्था हेरि ब्याटिङ गर्नेछन् । विष्फोटक अन्त्य गर्न परे करण अघि खेल्नेछन् । इनिङ अघि बढाउन परे सन्दीप र सोमपाल अघि खेल्नेछन् ।
नेपालले प्रमुख तीन बलरमा सन्दीप, करण र सोमपाललाई नै खेलाउनेछ । तीव्र गतिको बलरमा आरिफ तेस्रो विकल्प हुनेछन् । स्पिन विकल्पमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल रहनेछन् । दीपेन्द्र र कुशले सन्दीपलाई स्पिन आक्रामणमा साथ दिनेछन् । आवश्यक परेमा रोहित चौथो विकल्प हुनेछन् । पछिल्लो खेलबाट नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना देखिदैन ।

नेपालको सम्भावित प्लेइङ ११:
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार