सोमपालले विदेशी लिग खेल्ने

शनिबार, फागुन २७, २०७९

काठमाडौं । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले विदेशी टि२० लिग क्रिकेट खेल्ने भएका छन् । सोमपालले क्यानडा क्रिकेट बोर्डले आयोजना गर्ने फ्लावर सिटी टि–२० प्रिमियर लिग ट्रफी खेल्ने भएका छन् ।
क्यानडा क्रिकेट बोर्डले सोमपालले ओटावा फाल्कोन्सबाट उक्त प्रतियोगिता खेल्ने जनाएको छ । सोमपाल रहेको टोलीमा चाडविक वाल्टन आइकोन खेलाडी छन् । सोमपाल र चाडविकले केहि महिना अघि नेपाल टि२० लिग जनकपुर रोयल्सबाटसँगै खेलेका थिए ।
प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आगमी जुन ९ देखि १९ सम्म चल्नेछ । सोमपालले खेल्ने यो तेस्रो विदेशी लिग हुनेछ । सोमपालले क्यानडामा नै २०१९ मा भएको ग्लोबल टि ट्वान्टी विनिपेग हक्सबाट खेल्दै च्याम्पियन बनेका थिए ।
२०२० को टि टेन लिग सोमपालले मराठा अरेबियन्सबाट खेलेका थिए ।  टि२० मा सोमपालले ६ खेल खेलेका थिए । ग्लोबल टि२० लिगमा भने एक खेल मात्रै खेल्ने अवसर पाएका थिए ।
सोमपाल नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । सोमपालले नेपालबाट ४१ ओडिआई खेलमा ५८ विकेट र ४२ टि२० आई खेलमा ३८ विकेट लिएका छन् । सोमपाल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । सोमपाल नेपालबाट ओडिआईमा पाँच विकेट लिने पहिलो खेलाडी समेत हुन् ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार