सन्दीपलाई दुई बलमा दुई विकेट

नेपाल जिततर्फ अघि बढ्दै

बिहीबार, फागुन २५, २०७९
Global Ime Bank

काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध जिततर्फ अघि बढेको छ । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले ४२ ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको छ । 
पपुवा न्युगिनीलाई अन्तिम १० ओभरमा जितको लागि ४६ बलबाट ९८ रन चाहिँदा हातमा २ विकेट मात्रै छ । नेपाललाई जितको लागि अव दुई विकेट आवश्यक देखिन्छ । पपुवा न्युगिनीले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ओपनर टोनी उरा र किप्लिङ डोरिगाले ११.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
डोरिगा सिंगल रन लिनेक्रममा दीपेन्द्रको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रन आउट भए । त्यसपछि भने नेपाल खेलमा फर्किएको थियो । ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भए । ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भए । स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।
चोभार एण्डबाट आएका स्पिनर सन्दीप लामिछानेको बलमा ठूलो सट खेलेका डोरिगाले नवौं ओभरको पाँचौं बलमा ब्यक्तिगत १६ रनमा जीवनदान पाएका थिए । मिडअनमा आरिफ शेखले क्याच छाड्न पुगेका थिए ।
दीपेन्द्रसिंह ऐरीको १४ औं ओभरको तेस्रो बलमा सेसे बाउ ३ रनमा सोमपाल कामीबाट स्क्वायर लेगमा क्याच आउट भए । दीपेन्द्रले चाल्र्स अमिनीलाई १४ बलमा बोल्ड आउट गरे । उनले ४३ बलमा १ चौका प्रहार गरे ।
सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरि हिरिलाई ८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा चाद सोफर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएपछि सन्दीप ह्याट्रिक नजिक पुगेका थिए ।
ह्याट्रिक बलमा नर्मन भानुवालाई आउट गर्न भने सकेनन् । कुशल मल्लले कप्तान असद भालालाई ४२ रनमा आरिफ शेखबाट क्याच आउट गराए । उनले ५३ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९।१ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो । ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

सन्दीपलाई दुई बलमा दुई विकेट
स्पिनर सन्दीप लाछिानेले आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध दुई बलमा दुई विकेट लिएका छन् । 
सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरि हिरिलाई ८ रनमा बोल्ड आउट गरे । लगत्तै अर्को बलमा चाद सोफर फस्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएपछि सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । ह्याट्रिक बलमा नर्मन भानुवालाई आउट गर्न भने सकेनन् ।
नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो ।
ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले । कुशल भुर्तेल ४५, भीम सार्की ४४ र कप्तान रोहित पौडेलले ३० रन बनाए । पपुवा न्युगिनीका राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । सेमो कमियाले ९।१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार