सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध तेस्रो सफलता हात पारेकोछ । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले सुरुवाती १९.३ ओभरमा ३ विकेट गुमाउँदै १०४ रन बनाएको छ। पिएनजीका ओपनर टोनी ४४ बलमा ९ चौकासहित ५० रनमा क्याच आउट भएका छन् । स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए । क्रिजमा असद भाला र चाल्स अमिनी छन् । ओपनर किप्लिङ डोरिगा ३४ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा रन आउट भए । पहिलो विकेटका लागि उरा र डोरिगाले ११।२ ओभरमा ७७ रनको साझेदारी गरेका थिए । डोरिगा सिंगल रन लिनेक्रममा दीपेन्द्रको थ्रोमा विकेटकिपर आसिफ शेखबाट रन आउट भए । चोभार एण्डबाट आएका स्पिनर सन्दीप लामिछानेको बलमा ठूलो सट खेलेका डोरिगाले नवौं ओभरको पाँचौं बलमा ब्यक्तिगत १६ रनमा जीवनदान पाएका थिए । मिडअनमा आरिफ शेखले क्याच छाड्न पुगेका थिए । दीपेन्द्रसिंह ऐरीको १४ औं ओभरको तेस्रो बलमा सेसे बाउ ३ रनमा सोमपाल कामीबाट स्क्वायर लेगमा क्याच आउट भए । उराको विकेटसँगै नेपाल खेलमा फर्किने संकेत देखाएको छ । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भयो । नेपालले यो आफ्नो ओडिआई इतिहासमा बनाएको सर्वाधिक उच्च योगफल हो । नेपालको ओडिआईमा उच्च योगफल यसअघि २ सय ८७ रन थियो । नामिबियाविरुद्ध दुई साताअघि नेपालले २ सय ८६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा २ सय ८७ रन बनाएको थियो । ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेले । कुशल भुर्तेल ४५, भीम सार्की ४४ र कप्तान रोहित पौडेलले ३० रन बनाए । पपुवा न्युगिनीका राइली हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । सेमो कमियाले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए ।