आसिफको सानदार शतक

बिहीबार, फागुन २५, २०७९
Global Ime Bank

काठमाडौं । नेपालका ओपनर आसिफ शेख आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार शतक प्रहार गर्दै आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन बनाएको छ ।
नेपालका ओपनर आसिफ शेख १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनमा क्याच आउट भए । आसिफको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो । समग्रमा उनको क्रिकेट करिअरको चौथो शतक हो । आसिफले १ सय १ बलमा १० चौका र २ छक्कासहित शतक पूरा गरेका थिए ।
आसिफ नेपालबाट ओडिआईमा शतक हान्ने पाँचौं खेलाडी हुन् । पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि पाँचौं खेलाडी बनेका हुन् । आसिफ ३८ औं ओभरको चौथो बलमा सेमो कमियाको बलमा मिडअफबाट राइली हेकुरेबाट क्याच आउट भए । शतक बनाउनु अघि आसिफले दुई महत्वपूर्ण जीवनदान पाएका थिए ।
तेस्रो ओभरको चौथो बलमै आसिफले ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका थिए । चोभार एण्डबाट आएका तीव्र गतिका बलर सेमो कमियाको बलमा एज लागेपनि फस्ट स्लिपमा सेसे बाउले क्याच ड्रप गर्न पुगेपछि आसिफले सुरुवातमै जीवनदान पाएका थिए ।
आसिफले नवौं ओभरको पाँचौं बलमा पुन ब्यक्तिगत २२ रनमा जीवनदान पाए । पपुवा न्युगिनीका फिल्डरले पुन क्याच छाड्न पुगेका थिए । त्यस्तै आसिफले ओडिआई करिअरको एक हजार रन पनि पूरा गरेका छन् । उनी रोहितपछि ओडिआईमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी हुन् ।
आसिफ नेपालबाट ओडिआईमा शतक हान्ने पाँचौं खेलाडी बनेका छन् । पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि पाँचौं खेलाडी बनेका हुन् । आसिफले घरेलु क्रिकेटमा भने दुई शतक प्रहार गरि सकेका छन् ।
आसिफले यस सफलता ३२ खेलमा पूरा गरेका हुन् । आसिफ नेपालबाट ओडिआई एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । आसिफले २०२१ सेप्टेम्बरमा ओमान भ्रमणमा पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए । २१ वर्षीय विकेटकिपर आसिफले त्यसपछि लगातार नेपाली क्रिकेट टोलीबाट उच्च प्रदर्शन गर्दै आएका छन् ।
आसिफले यसअघि नेपालबाट ओडिआई खेलमा ७ अर्धशतक प्रहार गरेका छन् । ७ मध्य ४ अर्धशतकमा उनले प्लेयर अफ द म्याच चुनिएका थिए । कुशल भुर्तेलपछि आसिफ नेपालबाट ओपनरको रुपमा शतक हान्ने दोस्रो खेलाडी हुन् ।
अभ्यास खेलमा गत भदौमा आसिफ केन्याविरुद्ध १ सय २० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । त्यो भने अभ्यास खेल हुँदा कुनै मान्यता पाउँदैन । घरेलु क्रिकेटमा दुई शतक हानेका छन् ।
आसिफले गतवर्ष नेपाल एपिएफ क्लबबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेलेका थिए । २०१६ को एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेजबाट १ सय ११ रन हानेका थिए । उनी टि२० फ्रेन्चाइजमा शतक हान्ने पहिलो नेपाली खेलाडी थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार