भलिबलकी उषाले जितिन् पिपल्स च्वाइस अवार्ड

अरुणा वर्ष महिला खेलाडी घोषित

मंगलबार, फागुन २३, २०७९

काठमाडौं  । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट महिला खेलाडी बन्न सफल भएका हुन् । अवार्ड जित्ने क्रममा अरुणाले क्रिकेटकी रुविना क्षेत्री बेलवासे, सीता राना मगर, पुष्पा भण्डारी र वपुनम रावललाई पछि पारिन् ।
अरुणाको कप्तानीमा नेपालले लगातार दोस्रो पटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि जित्न सफल भएको थियो । नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्बेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको थियो ।
उनी उक्त च्याम्पियनसिपमा उत्कृष्ट सेटर बनेकी थिइन् । छैटौँ एनभीए कपमा पनि उत्कृष्ट सेटर चुनिएका थिइन् । अरुणाले यसअघि २०७६ मा पिपल्स च्वाइसको अवार्ड पनि जित्न सफल भएकी थिइन् ।

भलिबलकी उषाले जितिन् पिपल्स च्वाइस अवार्ड
नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधा जितेकी छिन् ।
उनले फुलटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाष विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले भोट मार्फत उक्त अवार्ड जितेकी हुन् ।


उषाले ३८.०३२२ मत प्राप्त गर्दै अवार्ड जितेकी हुन् । उनका निकटतम प्रतिद्धन्द्धी फुटबलका अन्जन विष्टले ३१.१४०३ मत प्राप्त गरिन् । क्रिकेटका आसिफ शेखले १४.९९७ मत, लन टेसिनकी अभिलाषा विष्टले ८.३२६७ र पौडीकी डुआना लामाले ७.५०३ मत प्राप्त गरिन् ।
उषा नेपालले सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (सागंं) बाट महिला टोलीमा डेब्यु गरेकी थिइन् । त्यसयता उनी महिला टोलीको महत्वपूर्ण सदस्य छिन् ।
नेपालले दोस्रोपटक सेन्ट्रल जोनको उपाधि जित्दा टोलीकी सदस्य छिन् । घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्ने उषाकै उच्च प्रदर्शनमा पुलिसले विभिन्न उपाधि जित्न सफल भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार