अलमुताइरी वर्ष उत्कृष्ट प्रशिक्षक

मंगलबार, फागुन २३, २०७९

काठमाडौं  । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । 
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक बनेका हुन् । वर्षको उत्कृष्ट प्रशिक्षक बन्ने क्रममा अलमुताइरीले भलिबलका जगदिश प्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारा तेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका देव ह्वाटमोरलाई पछि पारे ।
अलमुताइरीको प्रशिक्षणमा नेपालले पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल एसिया कपको छनोटसम्म पुगेको थियो ।
माल्दिभ्समा भएको १३औँ साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन उनी टोलीका प्रमुख प्रशिक्षक थिए ।
अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्री शृङ्खलामा जित निकाल्न सफल भएको थियो । यो नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रमाथि दुई जित निकालेको पहिलो अवसर थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार