अन्जन वर्ष पुरुष खेलाडी घोषित

मंगलबार, फागुन २३, २०७९

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट पुरुष खेलाडी बन्न सफल भएका हुन् । अवार्ड जित्ने क्रममा अन्जनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारे ।
उनले अवार्ड ग्रहण गरेपछि विनाशकारी भूकम्पमा परी निधन भएका पत्रकार सुमन भोम्जनलाई स्मरण गरे । अञ्जनले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइविरुद्ध गोल गरेका थिए ।
यस्तै उनले १३औं साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल गोल गरेका थिए । उनी एनएसएलमा सर्वोत्कृष्ट फरवार्ड घोषित भएका थिए । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार