सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु मैदान टियुमा चार मध्य दुई खेल जिते ओडिआई मान्यता सोझै बच्ने भएको छ । नेपालले अन्तिम खेलमा युएईलाई ४२ रनले पराजित गरेपछि सिधै ओडिआई मान्यता प्राप्त गर्न अव दुई खेल आवश्यक पर्ने भएको छ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ । नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपालले बाँकी चार खेल जित्दा टोलीको कुल ४० अंक हुनेछ । नामिबिया ३९ अंकका साथ तेस्रो स्थानमा छ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा अन्त्य गर्नेछ । स्कटल्यान्ड ३६ खेलमा ५० अंकका साथ च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको हो । अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा अन्त्य गर्नेछ । नामिबियाको सबैभन्दा उच्च सम्भावना छ । नेपाल र युएई अव बाँकी एक खेलमा हार्दा शीर्ष तीन दौडबाट बाहिरिनेछन् । नेपालले घरेलु मैदानमा दुई साताअघि नामिबिया र स्कटल्यान्डसँग चारै खेल जितेको थियो । बिहीबार देखि नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज टियुमा हुनेछ । नेपालको लक्ष्य सबै खेल जित्दै सोझै विश्वकप छनोट र ओडिआई मान्यता प्राप्त हुनेछ । यदि नेपाल शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटको लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार, क्यानडा र जर्सी हुनेछन् । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । लिग २ मा शीर्ष पाँचमा पर्न नसके ओडिआई मान्यता जोगाउन नेपालले प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ ।