सन्दीप र मुस्तफाबीच मैदानमै भनाभन

सोमबार, फागुन २२, २०७९
Global Ime Bank

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने र युएईका ब्याटर रोहन मुस्तफाबीच दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भनाभन भएको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेपालले प्रस्तुत गरेको २ सय ३० रनको विजयी लक्ष्य पछ्याई रहेको छ । सन्दीप र रोहन मुस्तफाबीच मैदानमै भनाभन भएको दृश्य टेलिभिजन देखिएको थियो । सन्दीपले ३५ औं ओभरको तेस्रो बलमा मुस्तफालाई एलबीडब्लू आउटको जोडले अपिल गरेका थिए । चौथो बलमा भने मुस्तफाले सन्दीप नजिक आक्रोश पोखेका थिए ।
सन्दीप र मुस्तफाबीच केही समय भनाभन भएको थियो । दुवै खेलाडी निकै आक्रोशमा देखिएका थिए । एक अर्काले रिस पोखेका थिए । जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएईले ४२ ओभरमा ८ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको छ । युएईका आसिफ खान १ सय ३ बलमा २ चौका र ३ छक्कासहित ८२ रन बनाउँदै आउट भएका छन् ।
नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिएका छन् । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियोा । नेपालका भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार