दीपेन्द्रलाई लगातार दुई विकेटसँगै जिततर्फ अघि बढ्दै नेपाल

सोमबार, फागुन २२, २०७९
Global Ime Bank

काठमाडौं । स्पिनर दीपेन्द्रसिंह ऐरीको दुई बलमा दुई विकेटसँगै आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध नेपाल जिततर्फ अघि बढेको छ।
जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएई ४२.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको छ । युएईका आसिफ खान १ सय १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन बनाउँदै आउट भए । ४२ औं ओभरको दोस्रो बलमा दीपेन्द्रसिंह ऐरीले आसिफ खानलाई कट एण्ड बोल्ड गरेपछि नेपाल जिततर्फ अघि बढेको थियो ।
दीपेन्द्रले लगत्तै अर्को कार्तिक मयाप्पन पनि कट एण्ड बोल्ड आउट भएपछि नेपालको जितको सम्भावना उच्च बनेको छ ।
सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए । वासिम एज लागेर बोल्ड हुन पुगेका थिए ।
तर पहिलो ओभरको दोस्रो बलमै कप्तानलाई गुमाएपनि दोस्रो विकेटका लागि आर्यन लाक्रा र आसिफ खानले ९४ रनको साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए ।
दीपेन्द्रसिंह ऐरीले लाक्रालाई ५० रनमा एलबीडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । उनले ७८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
आरिफले ३० औं ओभरको अन्तिम बलमा युएईका प्रमुख ब्याटर वृत्य अरविन्दलाई १३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए । सोमपाल कामीले ३४ औं ओभरको पाँचौं बलमा पूर्व कप्तान सिपी रिजवानलाई ७ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए ।
मुस्तफा सोमपाल कामीको बलमा ६ रनमा एलबीडब्लू आउट भए । आयन खान २ रनमा आउट भएपछि नेपाल खेलमा फर्किने सम्भावना देखाएको थियो ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियोा । नेपालका भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए ।

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार