नेपाललाई पहिलो सफलता, युएईका ओपनर दोस्रो बलमै आउट

सोमबार, फागुन २२, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा घरेलु टोली युएईमाथि दबाब दिएको छ । दोस्रो बलमा नेपालका बलर सोमपाल कामीले युएईका मेडन ओभर खेल्दै एक विकेट लिएका छन् ।
नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा घरेलु टोलीसामू दुई सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय २९ रनको योगफल तयार पारेको थियो ।

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार