सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपालका भीम सार्कीले घरेलु टोलीविरुद्ध अर्धशतक प्रहार गरेका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि भीमले ७८ बलमा पाँच चौकाको मद्दतमा अर्धशतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा भिमको यो पहिलो अर्धशतक हो । भीमलाई आरिफ शेखले १९ रन बनाउँदै साथ दिइरहेका छन् । छैटौं विकेटका लागि भिमले सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरेका थिए । सन्दीप २७ रन बनाएर आउट भए । यसैगरी कुशल भुर्तेलले ३२ र ज्ञानेन्द्र मल्लले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । युएईका लागि जुनैद सिद्धिकी र आर्यन लाक्राले समान दुई तथा कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान एक विकेट लिएका छन् । अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा पहिलो नेपालले घरेलु टोलीविरुद्ध छैटौं विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले सन्दीप लामिछानेको रुपमा छैटौं विकेट गुमाएको हो । सन्दीपलाई ब्यक्तिगत २७ रनमा ३१ औं ओभरको दोस्रो बलमा कार्तिक मैयप्पनले अलिसान सराफुबाट क्याच गराएका हुन् । सन्दीपले छैटौं बिकेटका लागि भीम सार्कीसँग ५६ रनको साझेदारी गरेका थिए । अहिले भिम ३९ र आरिफ शेख १० रन बनाएर खेलिरहेका छन् । यसअघि कुशल मल्लले ३२ र ज्ञानेन्द्र मल्लले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाल युएईसँगको पहिलो खेलमा भने ६८ रनले पराजित भएको थियो । नेपालविरुद्धको पछिल्ला भेटमा जित निकालेको युएईले पपुवा न्युगिनीविरुद्ध एक सय ३१ रन तथा पाँच विकेटको हार ब्यहोरेको थियो । नेपालले पपुवा न्युगिनीलाई चार र तीन विकेटले पराजित गरेको थियो । लिग टुमा नेपाल ३१ खेलबाट ३० अंकका साथ छैटौं स्थानमा रहँदा, युएई समान खेलबाट ३१ अंकका साथ पाँचौ तथा पिएनजीले ३२ खेलमा नौ अंक जोडेर पिएनजी सातौं स्थानमा छन् । लिग टुका सबै खेल खेल्दै ५० अंकका साथ शीर्ष स्थान तथा ४४ अंकसहित दोस्रो स्थानमा रहेका स्कटल्यान्ड र ओमानले विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । तेस्रो स्थानको टोलीले पनि विश्वकप छनोट खेल्ने भएकाले त्यसका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । तेस्रो स्थानको नामिबियाको ३९, पाँचौ स्थानको अमेरिकाको ३५ अंक छ । नामिबिया र अमेरिकाले पनि लिगका सबै खेल खेलिसकेका छन् । पिएनजीले चार तथा नेपाल र युएईले समान पाँच खेल खेल्न बाँकी छ ।