सन्दीप र भीमको जोडीले नेपालको इनिङ सम्हाल्दा थोरै आशा

सोमबार, फागुन २२, २०७९
Global Ime Bank

काठमाडौं । नेपालका भीम सार्की र सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध इनिङलाई अघि बढाउँदा क्रिकेट समर्थकलाई थोरै आशा जगायो । तर सन्दिप पनि आउँट हुँदा नेपालले अव धेरै रन बनाउने अपेक्षा गर्न सकिने अवस्था छैन ।  दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ३६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ ।
नेपालका भीम सार्की ५२ बलमा ३ चौकासहित ३१ रनमा अविजित छन् । सन्दीप लामिछाने २८ बलमा १ चौकासहित २७ रनमा  आउट भएका छन् । एक समय १७.१ ओभरमा ६८.५ को अवस्थामा पुगेको नेपाललाई सन्दीप लामिछाने र भीम सार्कीले छैटौं विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।  सन्दिप लामिछाने २७ रनमा आउट भएपछि भीमलाई साथ दिन आरिफ शेख आएका छन् ।  
तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभिलिएन फर्केका थिए । ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । ज्ञानेन्द्र यसअघिका तीन खेलमा ६, ० र ४ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र कुशलले २० रनको साझेदारी गरेका थिए । रोहित पौडेल स्पिनर आयन लर्कानको १२ औं ओभरको दोस्रो बलमा एक रनमा बोल्ड आउट भए । रोहन मुस्तफाले १५ औं ओभरको पहिलो बलमा कुशल मल्ललाई ३२ रनमा बोल्ड आउट गरे । ठूलो सट खेलेका कुशललाई मुस्तफाले अनुभवको फाइदा उठाउँदै स्वलो बलमा बोल्ड गरेका थिए । कुशलले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

लर्कानको १८ औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरी एलबीडब्लू आउट भएपछि नेपाल ६८(५ को अवस्थामा पुगेको थियो । आरिफ शेख, करण केसी र सोमपाल कामी अघि नै सन्दीपलाई ब्याटिङमा पठाएको थियो । सन्दीपले पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ गरेका थिए ।

पपुवा न्युगिनीलाई तीन विकेटले हराउन सन्दीपले ५० बलमा ३ चौकासहित ३५ रन जोडेका थिए । आसिफ शेखसँग आठौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए ।

पहिलो खेलमा सन्दीपले युएईविरुद्ध २४ बलमा ४ चौकासहित २६ रनको अविजित इनिङ खेलेका थिए । त्यसैको कारण आज माथि ब्याटिङमा पठाएको हुनसक्छ । आरिफ शेख, प्रतिश जि।सी, सोमपाल कामी र करण केसी ब्याटिङको लागि आउन बाँकी छ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार