नेपालको खराब प्रदर्शन, कप्तान रोहित आउट

सोमबार, फागुन २२, २०७९
Global Ime Bank

काठमाडौं । आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध नेपाललाई ठूलो झट्का लागेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती १३.२ ओभरमा ३ विकेट गुमाउँदै ५८ रन बनाएको छ । कप्तान रोहित पौडेल एक रनमा बोल्ड आउट भएका छन् । स्पिनर आयन लर्कानको बलमा रोहित बोल्ड आउट भएका हुन् । क्रिजमा ब्याटिङको लागि भीम सार्की आएका छन् । कुशल मल्ल २३ बलमा ४ चौका र १ छक्कासहित २३ रनमा अविजित छन् ।
तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभिलिएन फर्के फर्केका थिए ।
ज्ञानेन्द्र मल्ल जुनैदको नवौं ओभरको अन्तिम बलमा ११ रनमा एलबीडब्लू आउट भए । २६ बल खेलेका ज्ञानेन्द्रले २ चौका प्रहार गरे । ज्ञानेन्द्र यसअघिका तीन खेलमा ६, ० र ४ रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र कुशलले २० रनको साझेदारी गरेका थिए ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जि।सीलाई मौका दिएको छ । प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए ।
उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका प्रतिश त्यसपछि भने बेन्चमा थिए । प्रतिश बायाँ हाते तीव्र गतिका बलर हुन् । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । पहिलो खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि।सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार