सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध ओपनरमा आसिफ शेख र ज्ञानेन्द्र मल्ललाई मैदान उतारेको नेपाले ओपनर आफिस शेखलाई गुमाएको छ । नेपालका ओपनर आसिफ शेख आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध आउट भएका छन् । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६.५ ओभरमा १८ रन बनाएको छ । एक विकेटको क्षति बेहोरेको छ । अलिहे ज्ञानेन्द्र मल्ल र कुशल मल्ल क्रिजमा छन् । ज्ञानेन्द्रले १८ बलमा ७ रन बनाएका छन् भने कुशल ४ बल खर्चिँदा शुन्य रनमा क्रिजमा खेलिरहेका छन् । तीव्र गतिका बलर जुनैद सिद्दिकको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेख सट लेगमा आयन खानले उत्कृष्ट क्याच लिएपछि ६ रनमा पेभिलिएन फर्केका छन् । नेपालले तेस्रो नम्बरमा युवा ब्याटर कुशल मल्ललाई ब्याटिङको लागि पठाएको थियो । कुशलले पहिलो खेलमा युएईविरुद्ध ६० रनको इनिङ खेलेका थिए । कुशल आक्रामक ब्याटिङसँगै बायाँ हाते ब्याटर हुँदा अघि पठाएको छ । नियमित ओपनर कुशल भुर्तेल बायाँ खुट्टाको ग्रोइनमा चोटका कारण टोलीबाट बाहिरिएपछि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । आसिफ भने नेपालका नियमित ओपनर हुन् । कुशल र आसिफले ओपनिङ गर्दा ज्ञानेन्द्रले तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका थिए । तर कुशल नभएपछि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । आसिफ र कुशल अघि नेपाली टोलीमा ज्ञानेन्द्रले नै ओपनिङ गरेका थिए । ज्ञानेन्द्रसँग ओपनरको रुपमा खेलेको लामो अनुभव छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । घाइते ओपनर कुशल भुर्तेलको स्थानमा नेपालले आज तीव्र गतिका बलर प्रतिश जि.सीलाई मौका दिएको छ । प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका प्रतिश त्यसपछि भने बेन्चमा थिए । प्रतिश बायाँ हाते तीव्र गतिका बलर हुन् । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ। नेपालको लागि युएईससँगको खेल निकै महत्वपूर्ण छ । पहिलो खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, प्रतिश जि।सी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।