आइसीसी लिग–२ मा आज नेपाल युएईसँग भिड्दै

सोमबार, फागुन २२, २०७९

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा सोमबार नेपालले र युएईसँग प्रतिस्पर्धा गर्देछ । दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली युएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११स् ४५ बजेबाट सुरु हुनेछ । नेपाल र युएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग(२ मा समान ३२ औँ खेल हुनेछ । आजको खेलमा युएईविरुद्ध जित हात पारे नेपाल लिग(२ को पाँचौ स्थानमा उक्लिने छ।
सिरिजको तेस्रो खेलमा आइतबार युएईले पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सिमित हुनु परेको थियो । अंक तालिका अनुसार युएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन्। आजको खेलमा जित हात पारे नेपालको ३२ अंक हुनेछ र नेपाल पाँचौ स्थानमा उक्लिनेछ।

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार