खेलाडीलाई प्रोत्साहित गर्न स्थापना दिवसमा खेलकुद प्रतियोगिता

नयाँ र उपत्यका कै ठूलो गोदावरी नगरपालिका सातौं वर्षमा

हाफ म्याराथनका विजेतालाई एक लाख पुरस्कार
सोमबार, फागुन २२, २०७९

ललितपुर । गोदावरी नगरपालिकाले आफ्नो साताैँ स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले ‘गोदावरी खुल्ला च्यामपियन हाफ म्याराथन (२१ कि.मी) र  अन्तर माध्यमिक विद्यालय स्तरीय (१० कि.मी)  दौड प्रतियोगिता’ आयोजना गर्न लागेको हो । प्रतियोगिताको जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख गजेन्द्र महर्जनले भने, ‘खेलाडी हाम्रो देशका अमूल्य सम्पत्ति हुन् । उहाँहरुको सम्मान र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरेका हौं ।’
गोदावरी नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै खेलाडीलाई प्रोत्साहित गर्न यस्ता प्रतियोगिता आयोजना गरेको नगर प्रमुखले प्रष्ट पारे ।

godavari1678070674.png
केही साता अघिमात्रै नगरपालिकाले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता आयोजना गरेको थियो । विद्यालय र कलेज स्तरीय प्रतियोगिताहरुलाई पनि गोदावरी नगरपालिका विशेष महत्व दिएको छ । यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न र खेलाडीको  आत्मबल वृद्धि गर्न सहयोग गर्ने दाबी गरे । फागुन २७ गते नगरपालिकाले आफ्नो स्थापना अन्य विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छ । मुलुक संघीयतामा गए लगत्तै भएको स्थानीय तह निर्वाचन २०७४ को पूर्व सन्ध्यामा गोदावरी नगरपालिका बनेको हो । नयाँ र उपत्यका कै ठूलो नगरपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय नगर हो ।  पत्रकार सम्मेलनमा उप प्रमुख मुना अधिकारी, वडा नं.१४ का अध्यक्ष निरोज बज्रराचार्य, वडा नं.६ का वडा अध्यक्ष विष्णुमान महर्जन उपस्थित थिए ।

godavari1678070674.png
नगर प्रमुख महर्जनले भने, ‘स्वयंसेवक शिक्षक हाम्रो नविन नौलो र पृथक कार्यक्रम हो‘
नगरप्रमुख गजेन्द्र महर्जनले स्वयंसेवक शिक्षक कार्यक्रम गोदावरी नगरपालिकाको पृथक कार्यक्रम भएको बताएका छन्
स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले शैक्षिक वेरोजगार व्यवस्थापनका लागि यो कार्यक्रम ल्याएको बताएका छन् ।  उनले भने, ‘स्नातक पास गरेका तर कामको खोजीमा रहेकालाई हामीले स्वयंसेवक शिक्षकको रुपमा सामुदायिक विद्यालयमा पढाएका छौं ।’ यो कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने बताए । नगरपालिकाले ४० जना शिक्षकलाई सामुदायिक विद्यालयमा नियुक्ति दिएको छ ।

334916544_1584812078682612_6902034809662743040_n1678075721.jpg

हाफ म्याराथनका विजेतालाई एक लाख पुरस्कार
गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवसको अवसरमा यही फागुन २७ शनिबार हाफ म्याराथन र अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नगरप्रमुख गजेन्द्र महर्जनले २१ किमी खुला च्याम्पियन हाफ म्याराथन र १० किमी अन्तरविद्यालय दौड प्रतियोगिता हुने जानकारी दिए । २१ किमी खुला च्याम्पियन हाफ म्याराथनमा प्रथम हुनेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  

332141101_152495204329742_880726224113368847_n1678070445.jpg
त्यस्तै दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, चौथो हुनेले ३० हजार, पाँचौँ हुनेले २५ हजार, छैटौँले १५ हजार, सातौँले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

1111678035410.jpg
हाफ म्याराथन गोदावरी नगरपालिकाबाट सुरु भइ झरुवारासी पोखरीचौर-बडिखेल चोक-टौखेल चोक-गोदावरी बसपार्क-विशङ्खुनारायण-वडा नं २ कार्यालय-बाँडेगाउँ प्रहरी प्रभाग-भट्टराई आश्रम-वडा नं १३ कार्यालय-भलि पुचः पार्टी प्यालेस-ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकी हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ ।
त्यस्तै १० किमी अन्तरविद्यालय दौड प्रतियोगितामा प्रथम हुनेले नगर ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रोले ३० हजार, तेस्रोले २५ हजार, चौथोले २० हजार, पाँचौँले १५ हजार, छैटौँले १० हजार, सातौँले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
अन्तरविद्यालय दौड प्रतियोगिता गोदावरी नगरपालिकाबाट सुरु भएर बडिखेल चोक-टौखेल चोक-भट्टराई आश्रम-वडा नं १३ कार्यालय-भलि पुचः पार्टी प्यालेस-ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकीबाट चापागाउँ ट्याक्सी पार्क हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ ।
हाफ म्याराथन प्रतियोगितामा भाग लिन चाहानेले सात सय र अन्तरविद्यालय दौड प्रतियोगितामा भाग लिन चाहानेले पाँच सय दर्ता शुल्क तिरेर यही फागुन २२ गतेसम्म नगरपालिकाको प्रशासन शाखामा दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।

334900223_1217021809205067_290552895749090145_n1678075721.jpg
नगरप्रमुख महर्जनले परिणामका लागि काम हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नागरिकको आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्दै छ वर्ष पूरा भएको बताए । “मेरो दोस्रो कार्यकालको पहिलो आर्थिक वर्षमा हामीले शिक्षा र स्वास्थ्य, खेलकुद र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने, “शैक्षिक बेरोजगारको व्यवस्थापनसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले स्वयंसेवक शिक्षकको व्यवस्था गरेका छौँ ।”

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार