सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुने

आइसिसी विश्वकप लिग–२ मा पपुवा न्युगिनीसँग युएई पराजित

आइतबार, फागुन २१, २०७९
Global Ime Bank

काठमाडौँ । घरेलु टोली युएई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा फेरि पपुवा न्युगिनीसँग पाँच विकेटले पराजित भएको छ । जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । पिएनजीको जितमा ओपनर टोनी उरा ६३ बलमा ३ चौकासहित ३५ रनमा अविजित रहे । चाद सोफर १८ बलमा ८ रनमा अविजित रहे ।
पपुवा न्युगिनीका ओपनर किप्लिङ डोरिगा तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा एज लागेर आसिफ खानबाट २ रनमा क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि सेसे बाउ र टोनी उराले ४४ रनको साझेदारी गरेका थिए । स्पिनर रोहन मुस्तफाले १२ औं ओभरमा दुई विकेट लिएका थिए ।
पहिलो बलमा सेसे बाउ ३३ बल खेल्दै १ चौकासहित १८ रनमा एलबीडब्लू आउट भए । एक बलपछि कप्तान असाद भाला शून्यमा बोल्ड भए ।
स्पिनर आयन खान अफ्जलले १७ औं ओभरको तेस्रो बलमा चाल्र्स अमिनीलाई ८ रनमा बोल्ड गर्दै १६.३ ओभरमा ६५.४ को अवस्थामा पुर्याए । हिरि हिरि २३ बलमा २ चौकासहित १४ रनमा आउट भए । युएईका रोहन मुस्तफाले दुई, आयन खान, जुनैद सिद्दिक र जहुर खानले एक एक विकेट लिए ।


त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २६.२ ओभरमा ९७ रनमा अल आउट भएको थियो । युएईका वृत्य अरविन्दले सर्वाधिक २६ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
युएईका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय ७६–२ को अवस्थामा रहेपनि नाटकीय रुपमा विकेट पतन भएपछि ९७ रनमा अल आउट भएको हो । युएईले २१ रन जोड्न आफ्ना ८ विकेट गुमाएको थियो । युएईले ओपनर आसिफ खानलाई ११ रनमा आठौं ओभरको तेस्रो बलमा गुमाएको थियो ।
आसिफ आउट हुँदा युएई २७÷१ को अवस्थामा थियो । दोस्रो विकेटका लागि मोहम्मद वासिम र वृत्य अरविन्दले २९ रनको साझेदारी गरेका थिए । आसिम ३६ बलमा २ चौकासहित १९ रनमा आउट भए । दुवै ओपनर तीव्र गतिका बलर चाद सोपरको बलमा एलबी डब्लू आउट भएका थिए ।
राइली हेकुरेको बलमा वृत्य अरविन्द ठूलो सट खेल्ने धुनमा १९ औं ओभरको चौथो बलमा टप एज लागेर मिडअनमा असाद भालाबाट २६ रनमा क्याच आउट भए । वृत्यले ३२ बलमा ४ चौका प्रहार गरे । त्यस अघिको बलमा वृत्यले डिप मिडविकेटमा उत्कृष्ट चौका प्रहार गरेका थिए ।
गलत सट खेल्दै वृत्य पेभलिएन फर्के । त्यसपछि युएईको विकेट पतन नाटकीय रुपमा भयो । स्पिनर चाल्र्स अमिनीको २० औं ओभरको तेस्रो बलमा रोहन मुस्तफा फस्ट स्लिपमा शून्यमा क्याच आउट भए । हेकुरेले अर्यान लर्कालाई शून्यमै बोल्ड आउट गरे । आयन खान अफ्जलसँग तालमेल नमिल्दा कप्तान रिपी रिजवान १० रनमा रन आउट भएपछि युएई संकटमा पुगेको थियो ।

Team preview: United Arab Emirates
कार्तिक मयाप्पन ७, जहुर खान ९, जुनैद सिद्दिक शून्यमा आउट भए । कमजोर मध्यक्रम र तल्लोक्रम ब्याटिङ पुन युएईलाई घातक बन्यो । पपुवा न्युगिनीको जितमा मध्य गतिका बलर राइली हेकुरेले आफ्नो करिअरकै उत्कृष्ट बलिङ गर्दै ४.२ ओभरमा १ मेडनसहित १३ रन खर्चेर पाँच विकेट लिए । चाद सोपरले ७ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।
युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । युएईले शीर्ष तीनमा पर्न अव सबै खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा पर्न तीन खेल जित आवश्यक छ । सोमबार युएईले नेपालसँग खेल्नेछ ।
पपुवा न्युगिनीले पहिलो खेलमा यस सिजमा युएईलाई १ सय ३१ रनले पराजित गरेको थियो । पपुवा न्युगिनी शीर्ष पाँच दौडबाट बाहिरि सकेको छ । पपुवा न्युगिनीको लिग २ मा यो चौथो जित हो । चार जित मध्ये तीन युएईविरुद्ध छ । पपुवा न्युगिनीले अब नेपाल र युएईसँग अन्तिम सिरिज टियु मैदानमा खेल्नेछ । उक्त सिरिज ९ मार्चदेखि सुरु हुनेछ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ ।

T20 World Cup 2021 - Meet Papua New Guinea a close-knit family of ace  fielders who never lose their smiles | ESPNcricinfo

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्‍याे । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार