पपुवा न्युगिनीमाथि नेपालको ३ विकेटको जित

आसिफ शेख र सन्दिप लामिछानेको जोडी बन्दा नेपाल विजयी 
शुक्रबार, फागुन १९, २०७९

काठमाडौं । विकेटकिपर आसिफ शेखलाई स्पिनर सन्दिप लामिछानेले साथ दिँदा नोपले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीमाथि ३ विकेटको विजय हात पारेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा विकेट किपर आसिफ शेख नायक बने ।  
नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख र सन्दीप लामिछानेले शानदार प्रदर्शन गरे। अविजित रहँदै आसिफले ८६ र सन्दीपले ३५ रन बनाए ।
उनीहरुले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । ६ जना ब्याट्सम्यान दोहोरो अंकमा रन नजोड्दै आउट भएपछि नेपाल संकटमा परेको थियो । ७४ रनमा ६ विकेट गुमाएको नेपाललाई आसिफले सम्हालेका थिए । १०५ रन जोड्दा कुशल मल्ल आउट भएपछि सन्दीप क्रिजमा आएका थिए ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि यसअघि यति धेरै रनको साझेदारी गरेको थिएन । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले हालसालै स्कटल्यान्डविरुद्ध ५५ रनको साझेदारी गरेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए । त्यसअघि नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले खाता खोल्न सकेनन् ।
ज्ञानेन्द्र मल्ल ६ र भीम सार्कीले ८ रन बनाए भने आरिफ शेख र रोहित पौडेल एक एक रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ८ रन जोड्न सकेन । कुशल मल्लले २३ रन बनाए । पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आसिफले भीम सार्कीसँग तेस्रो विकेटका लागि ३२, छैठौँ विकेटका लागि दीपेन्द्रसँग २१ र सातौँ विकेटका लागि कुशल मल्लसँग ३१ रनको साझेदारी गरे ।
टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ४ बल बाँकी रहँदा सबै विकेट गुमाएर १७९ रन जोडेको थियो । सोमपाल र दीपेन्द्रले दुई दुई विकेट लिए भने सन्दीप, करन केसी र कुशल मल्लले एक एक विकेट हात पारे ।
विश्वकप लिग २ मा ३१ खेलबाट ३० अंक भएको नेपाल तालिकाको छेटौँ स्थानमा रहेको छ । जारी शृंखलाको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल बिहीबार घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृंखलाको अन्तिम खेलमा नेपालले अब यूएईसँग खेल्ने छ ।
कुशलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । सेमोको बलमा ज्ञानेन्द्र मल्ल राइली ह्याकुरेबाट ६ रनमा क्याच आउट भए । 
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९।२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार