पपुवा न्युगिनीविरुद्ध आसिफको अर्धशतक

ब्याटिङ नचल्दा मध्यम लक्ष्य पनि भेट्टाउन पनि कठिन 
शुक्रबार, फागुन १९, २०७९

काठमाडौं । विकेटकिपर आसिफ शेखले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध अर्धशतक प्रहार गरेका छन् । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको छ ।
नेपालका आसिफ शेख ८८ बलमा १ चौकासहित ५० रनमा क्रिजमा छन् । उनलाई सन्दीप लामिछानेले ३ रनमा साथ दिएका छन् । पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमेआको बलमा ओपनर कुशल भुर्तेल पहिलो बलमै बोल्ड हुँदै रोयल डक पेभेलिएन फर्केका थिए ।
कुशलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । सेमोको बलमा ज्ञानेन्द्र मल्ल राइली ह्याकुरेबाट ६ रनमा क्याच आउट भए । युएई भ्रमणमा पहिलो पटक मौका पाएका भीम सार्की ३५ बलमा ८ रन बनाउँदै कप्तान असाद भालाको बलमा कट एण्ड बोल्ड आउट भएपछि ४६÷३ को अवस्थामा पुगेको थियो ।
१८ औं ओभरको पहिलो बलमा असादल भालाले गरेको बलमा कप्तान रोहित कट बिहाइन्ड हुँदै १ रनमा पेभेलिएन फर्के । पाँचौं बलमा भालाले आरिफ शेखलाई एक रनमा बोल्ड गरेपछि नेपाल ५३÷५ को दयनीय अवस्थामा पुगेको थियो ।
दीपेन्द्रसिंह ऐरी सेसे बाउको बलमा ८ रनमा एलबीडब्लू आउट भए । सातौं विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ३१ रनको साभेदारी गरेका थिए । कुशल मल्ल २६ बलमा २ चौकासहित २३ रनमा बाउको बलमा कट एण्ड बोल्ड आउट भए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९।२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाएका थिए ।
ब्याटिङ नचल्दा पपुवा न्युगिनीको मध्यम लक्ष्य भेट्टाउन पनि नेपाललाई कठिन हुने अवस्था 
पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले लय पक्डन नसक्दा समस्यातर्फ धकेलिएको छ । नेपालका ब्याट्सम्यानहरु एकपछि अर्काे आउट हुँदा पुपुवा न्युगिनी दिएको मध्यम स्तरको लक्ष्य भेट्टाउन कठिन जस्तै भएको छ । सुरुवाती ६ विकेट गुमाएसँगै मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ठूलो समस्यामा परेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार