नेपाललाई पपुवा न्युगिनीको मध्यमस्तरको लक्ष्य

जितका लागि नेपाललाई १८० रन आवश्यक 
शुक्रबार, फागुन १९, २०७९

काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरी, स्पिनर सन्दिप लामिछाने, सोमपाल कामीको उत्कृष्ठ बलिङका कारण आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले नेपाललाई मध्यम स्तरको लक्ष्य दिएको छ ।  दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ४९.२ ओभरमा अल आउट हुँदै १ सय ७९ रन बनाएको छ । नेपालले अब जितका लागि १८० रन बनाउनु पर्नेछ । 
नेपालका लागि दिपेन्द्र सिंह ऐरिले दुई विकेट लिए। दिपेन्द्रले आफ्नो स्पेलमा १ मेडन राख्दै २० रन दिए। सोमपाल कामीले १० ओभरमा ३९ रन दिएर २ विकेट झारे ।  
कुशल मल्लले १० ओभरमा १ मेडन राख्दै ३६ रन दिएर १ विकेट झारे । सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट आफ्नो नाममा गरे ।  
ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै पीएनजीलाई राम्रो सुरुवात दिलाएका थिए ।
११ औँ ओभरमो तेस्रो बलमा सन्दीप लामिछानेले किपलिनलाई २६ रनमा एलबीडब्लु धरापमा पारे। उरा ३९ रनमा सोमपाल कामीको बलमा क्याच आउट भए ।  सेसे बाउ र कप्तान असद भाला समान ११ रनमा पवेलियन फर्के । 
हिरि हिरि ३१ रन बनाउँदा दिपेन्द्रको बलमा क्याच आउट भए । गउडी टोका १५ रनका ऐरिको बलमा बोल्ड आउट भए। चाड सोपर ९ रनमा रन आउट भए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
पहिलो पावर प्लेमा विकेटविहीन बनेको नेपाललाई सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिँदै पहिलो सफलता दिलाएका थिए । कुशल मल्लको १९ औं ओभरको तेस्रो बलमा सेसे बाउ ११ रनमा आउट भए ।
विकेटकिपर आसिफ शेखले उनलाई रन आउट गर्दै पेभेलिएन फर्काएका थिए । यस सिरिजमा राम्रो लयमा रहेका बाउले नेपालविरुद्ध पहिलो खेलमा ३१ र युएईलाई हराउन ७४ रनको इनिङ खेलेका थिए ।
तीव्र गतिका बलर सोमपाल कामीको बलमा टोनी उरा ३९ रनमा कट एण्ड बोल्ड आउट हुन पुगे । उराले स्टेटतर्फ खेलेको सट सोमपालले उत्कृष्ट क्याच लिएका थिए । उराले ५१ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगत्तै २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले भालालाई ११ रनमा एलीबडब्लू आउट गरे ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको थियो । तीव्र गतिका बलर गुलशन झाको स्थानमा नेपालले आज भीम सार्कीलाई मौका दिएका थियो । नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ ।
नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार