नेपाललाई दोस्रो सफलता, रन आउटको शिकार बने बाउ

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजउनमा पपुवा न्युगिनीका शीर्षक्रमका ब्याटर सेसे बाउ रन आउटको शिकार बनेका छन् ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले २१ ओभरमा २ विकेट गुमाउँदै ८५ रन बनाएको छ। पपुवा न्युगिनीका ओपनर टोनी उरा ४५ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा क्रिजमा छन् । उनलाई कप्तान असाद भालाले २ रनमा साथ दिएका छन् ।
ओपनर किप्लिङ डोरिगाले ४३ बलमा ३ चौकासहित २६ रन बनाउँदै एलबीडब्लू आउट भए । लेग स्पिनर सन्दीप लामिछानेको बलमा उनी एलीबडब्लू आउट हुन पुगेका थिए । पहिलो पावर प्लेमा विकेटविहीन बनेको नेपाललाई सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिँदै पहिलो सफलता दिलाएका थिए । कुशल मल्लको १९ औं ओभरको तेस्रो बलमा सेसे बाउ ११ रनमा आउट भए ।
विकेटकिपर आसिफ शेखले उनलाई रन आउट गर्दै पेभेलिएन फर्काएका थिए । यस सिरिजमा राम्रो लयमा रहेका बाउले नेपालविरुद्ध पहिलो खेलमा ३१ र युएईलाई हराउन ७४ रनको इनिङ खेलेका छन् । चौथो नम्बरमा ब्याटिङमा कप्तान असाद भाला आएका छन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा नेपालले आज भीम सार्कीलाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन । युएईविरुद्ध कमजोर ब्याटिङपछि नेपालले भीम सार्कीलाई मौका दिएको हो । गुलशनले युएईविरुद्ध २ ओभरमा १५ रन खर्चेका थिए ।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ ।
नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार