प्रधानमन्त्रीद्वारा यु–१९ टिमलाई बधाई

क्यानले यू १९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही १ लाख दिने 

बिहीबार, फागुन १८, २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकपमा छनोट भएकोमा बधाई दिँदै क्यानले आफ्नो तर्फबाट खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको हो ।
यसबाहेक पुरस्कार तथा सम्मान कार्यविधि अनुसार खेलाडीहरुले सरकारबाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । कार्यविधिमा विश्वकप छनोट नलेखिए पनि उमेर समूहको क्षेत्रीय एशियाली प्रतियोगिता विजेताले ३ लाख पाउने उल्लेख छ ।
नेपाल उमेर समूहको क्षेत्रीय प्रतियोगिता जितेर नै विश्वकपम पुगेको हो । प्रशिक्षकले २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १ लाख पाउने छन् । यसबाहेक क्यानले पनि सरकारबाट २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।

प्रधानमन्त्रीद्वारा यु–१९ टिमलाई बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीले पु¥याएको योगदानको उच्च प्रशंसासमेत गरेका छन् । 

prac1677768213.JPG
उनले भनेका छन्, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।”

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार