कुशल मल्लले बनाए अर्धसतक

ज्ञानेन्द्र र रोहित शुन्यमा आउट हुँदा नेपाललाई लक्ष्य भेटन् कठिन
बिहीबार, फागुन १८, २०७९
Global Ime Bank

काठमाडौं । कप्तान रोहित पौडेल र अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध शुन्य (डक)मा आउट भएका छन् । जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका कुशल मल्लले ५२ रनसहित क्रिजमा छन् । दिपेन्द्र सिंह ऐरी ३ रनसहित कुशललाई साथ दिँदै क्रिजमा छन् ।
पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १.२ ओभरमा १२ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल सबिर अलीको बलमा मोहम्मद वासिमबाट ५ रनमा क्याच आउट भए ।
तीव्र गतिका बलर जुनैद सिद्दिकले तेस्रो ओभरको तेस्रो बलमा विकेटकिपर वृत्य अरविन्दबाट शून्यमा क्याच गराए । एक बलपछि कप्तान रोहित पौडेल बोल्ड आउट हुन पुगेपछि नेपाल १७÷३ को अवस्थामा पुगेको थियो । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो ।
युएईका ओपनर आसिफ खानले ९९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए । रोहन मुस्तफा ७६ बलमा २ चौकासहित ५२ रनमा अविजित रहे । नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लले एक एक विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार