विश्वकप खेल्ने निर्णायक खेलमा नेपालको मध्यम ब्याटिङ

युएईलाई १९२ रनको लक्ष्य 
बिहीबार, फागुन १८, २०७९

काठमाडौं । कप्तान देव खनालको अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।
आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८. ५ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । देव बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
देव स्पिनर अमर बदामीको बलमा कट खेल्ने धुनमा एज लागेर फस्ट स्लिपमा आयनबाट क्याच आउट भएका थिए । देवले कुवेतविरुद्ध १ सय २५ नको सानदार शतकीय इनिङ खेलेका थिए ।
एक समय १९–३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काएका थिए । उत्तम स्पिनर आयन खान अफ्जलको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । उत्तमले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । यी दुई ब्याटरपछि भने नेपालबाट राम्रो साझेदारी हुन सकेन । नेपालले लगातार विकेट गुमाई रह्यो ।
नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरालाई रोयल डक गुमाउन पुगेको थियो । बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड गर्दै नेपाललाई केहि दबाबमा राखे । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । अर्जुन स्पिनर हर्षितको बलमा क्याच आउट भएका थिए । नेपालका प्रमुख ब्याटर अर्जुन आउट भएपछि सुरुवातमा युएई खेलमा हाबी बनेको थियो ।
हरितले यस प्रतियोगितामा राम्रो प्रदर्शन गरेका तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड गरे । देव आउट भएपछि तल्लोक्रममा विशालले इनिङ सम्हाल्ल खोजेका थिए । तर विशाल धेरै समय क्रिजमा टिक्न सकेनन् । आयन खानको बलमा विशाल विक्रम केसी ५० बलमा ५ चौकासहित ३८ रनमा एलबीडब्लू आउट भए । उनी अम्पारको निर्णयमा असन्तुष्ट ब्यक्त गरेका थिए । त्यसअघि मिलन बोहरा २१ बलमा १ चौकासहित १० रनमा रन आउट भए । हेमन्त धामी १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए ।
दीपेश कँडेलले १५ रनमा आउट भए । युएईका कप्तान आयन खानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । हरितहर्ष सिट्ठी र ध्रुव परासरले दुई दुई विकेट लिए ।
नेपाल यस खेलमा विजयी भएमा आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि पहिलो यू१९ विश्वकप खेल्ने सोचमा छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार