नेपालका कप्तान देवको महत्वपूर्ण अर्धशतक

यू १९ विश्वकप एसिया छनोट खेल
बिहीबार, फागुन १८, २०७९

काठमाडौं । कप्तान देव खनालको उत्कृष्ट अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईविरुद्ध खेलमा उत्कृष्ट पूनरागमन गरेको छ ।
आजमान इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २६ ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ । नेपालका कप्तान देव खनाल ७५ बलमा ३ चौका र १ छक्कासहित ५० रनमा क्रिजमा छन् । उनलाई विशाल विक्रम केसीले ५ रनमा साथ दिएका छन् ।
देवले कुवेतविरुद्ध १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । एक समय १९÷३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गरेका थिए । उत्तम स्पिनर आयन खान अफ्जलको बलमा एलबीडब्लू आउट भएका छन् । उत्तमले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रनको महत्वपूर्ण इनिङ खेले ।
नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरालाई रोयल डक आउट गुमाएको थियो । बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड आउट गरेका थिए । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । अर्जुन स्पिनर हर्षितको बलमा क्याच आउट भएका थिए ।
हरितले नै आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड गरेपछि नेपाल १९÷३ को अवस्थामा पुगेको थियो । नेपाल यस खेलमा विजयी भएमा आगमी वर्ष श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि पहिलो यू१९ विश्वकप खेल्ने सोचमा छ ।
देव र उत्तमको साझेदारीले नेपाली यू१९ टोली खेलमा फर्किदै
कप्तान देव खनाल र उत्तम थापामगरको साझेदारीमा नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध खेलमा फर्किएको हो । आजमानमा रहेको इडेन गार्डेन ओभलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।
नेपालले पहिलो ओभरमै विकेट गुमायो । ओपनर दीपक बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड आउट गरे । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । हरितले नै आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड आउट गरे । त्यसपछि देव र उत्तमले खेललाई अगाडि बढाएका छन् ।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ । आजको खेलमा पनि दुर्गेश गुप्ता, दीपक डुम्रे र दीपक बोहरा बेन्चमा छन् ।
नेपाल र युएई दुवै सुरुवाती चार खेलमा अपराजित छन् । समान ८ अंक भएपनि युएई नेटरनरेटको कारण शीर्ष स्थानमा छ । यस खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल युएईलाई हराउँदै २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई निरन्तरता दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार