टस जितेर बलिङ गरेको नेपाललाई पहिलो ओभरमै सफलता 

सन्दीप नेपालको प्लेइङ ११ मा
बिहीबार, फागुन १८, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ । नेपाले पहिलो ओभरनै युएईको विकेट लिन सफल भएको छ । नेपालका बलर करण केसीले पहिलो ओभरको पाँचौ बलमानै विकेट लिएका हुन् । 
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ ।
तीव्र गतिका बलर प्रतिश जि.सीको स्थानमा लेग स्पिनर सन्दीप लामिछानेलाई मौका दिएको छ । नेपालको टोलीमा अन्य कुनैपरिवर्तन छैन ।

नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा र सन्दीप लामिछाने ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार