सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध पावर प्लेमा कमजोर सुरुवात गरेको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाउँदै १० ओभरमा ३ विकेट गुमाउँदै ३१ रन बनाएको छ । नेपालका देव खनाल १२ र उत्तम थापामगर ३ रनमा क्रिजमा छन् । नेपालले पहिलो ओभरमै विकेट गुमायो । ओपनर दीपक बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड आउट गरे । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । हरितले नै आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड आउट गरेका थिए । नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ । आजको खेलमा पनि दुर्गेश गुप्ता, दीपक डुम्रे र दीपक बोहरा बेन्चमा छन् । नेपाल र युएई दुवै सुरुवाती चार खेलमा अपराजित छन् । समान ८ अंक भएपनि युएई नेटरनरेटको कारण शीर्ष स्थानमा छ । यस खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल युएईलाई हराउँदै २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई निरन्तरता दिएको छ ।
नेपालको प्लेइङ ११ : दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, विशाल विक्रम केसी, मिलन बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, हेमन्त धामी र उत्तम थापामगर (विकेटकिपर)