तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार, फागुन १८, २०७९
Global Ime Bank

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँका दरले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज बढेर एक लाख दुई हजार छ सय रुपैयाँ पुगेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ७० रुपैयाँ कायम रहेको छ । सुन चाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार