सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सन्दीप लामिछाने लिग-२ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए। संयुक्त अरब इमिरेट्सको दुबई गएका उनले नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने छन् ।
सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी दिउँसो ३ बजे युएई गएका हुन् ।
क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई गएका हुन् । टिम व्यवस्थापनले चाहे उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न पाउने छन् ।