सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले आइसिसी यू१९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध बलिङमा सानदार प्रदर्शन गरेको छ । मलेक क्रिकेट ग्राउन्डमा २ मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले २२.१ ओभरमा ५ विकेट गुमाउँदै ५१ रन बनाएको छ । तीव्र गतिका बलर आकाश चन्दले दोस्रो ओभरको तेस्रो बलमा ओपनर तथा कप्तान सिद्धार्थ कार्तिकलाई १ रनमा बोल्ड आउट गरे स्पिनर मिलन बोहराको बलमा एज लागेर अर्का ओपनर मोहम्मद हर्सन १२ बलमा बोल्ड आउट भएका थिए । उनले २४ बल खेल्दै २ चौका प्रहार गरे । मोहम्मद अकरम मलेल ५१ बलमा ३ चौकासहित २६ रनमा क्याच आउट भए । उनी स्पिनर दीपेश कँडेलको बलमा ठूलो सट खेल्ने धुनमा लङअनमा विशाल विक्रम केसीबाट क्याच आउट भएका थिए । मोहम्मद आलिफ शमासुल बहरिन २८ बल खेल्दै ४ रनमा दीपेश कँडेलबाट कट एड बोल्ड आउट भए । नेपालले आज विकेटकिपर दीपक डुम्रेको स्थानमा स्पिन अलराउन्डर मिलन बोहरालई मौका दिएको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।