टस हारेर फिल्डिङ गर्दै नेपाल  

मंगलबार, फागुन १६, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियासँग टस हारेको छ । मलेक क्रिकेट ग्राउन्ड २ मा भएको टसमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपाल फिल्डिङको लागि मैदान उत्रेको छ । 
नेपाल ३ खेलमा ६ अंकका साथ नेट रनरेटका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू १९ विश्वकप खेल्न पाउनेछ।
नेपाल र युएई प्रमुख दावेदार टोली हुन् । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, कुवेतलाई २ सय ४३ रन र हङकङलाई ९ विकेटले हराएको थियो । यता मलेसियाले कुवेतलाई ५ विकेटले हराएको थियो । सिंगापुरसँग मलेसियाले सुपर ओभरमा पराजित हुन पुगेको थियो ।
नेपालले निर्णायक मानिएको युएईसँगको खेल बिहीबार खेल्नेछ । आज अन्य यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईले कुवेत तथा हङकङले सिंगापुरसँग खेल्नेछन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार