यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालको लगातार तेस्रो सानदार जित

सोमबार, फागुन १५, २०७९
Global Ime Bank

काठमाडौं । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालको विश्वकप यात्रा मजबुत बनाएको छ ।
जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा ओपनर आकाश त्रिपाठी ७२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।
डेब्यू खेल खेलेका उत्तम थापामगर ५० बलमा ४ चौकासहित ३९ रनमा अविजित रहे । दोस्रो विकेटका लागि आकाश र उत्तमले ९८ रनको साझेदारी गरेका थिए । ओपनर अर्जुन कुमाल भने १२ बलमा ३ चौकासहित १६ रनमा आउट भए ।
त्यसअघि मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो । हङकङका मध्यक्रमका ब्याटर पर्थ भगवतले ९३ बल खेल्दै ४ चौकासहित सर्वाधिक ३६ रन बनाए । पर्थ बाहेक अन्य कुैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
स्पिनर दीपेश कँडेलको बलमा दीपक डुम्रेबाट क्याच आउट भएका थिए । मोहम्मद अलियान जाहिर ६७ बलमा ३ चौकासहित २९ रनमा आउट भए । नेपालको सानदार बलिङ सामु हङकङका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सुवास भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । सुवासले ६० मध्य ५१ बल डट राखेका थिए । ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । हेमन्तले ३७ बल डटराखेका थिए । आकाश चन्दले ८।३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले एक विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले मंगलबार मलेसिया र मार्च २ मा युएईसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिता शीर्ष टोली आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल र युएई प्रतियोगिता प्रमुख दाबेदार टोली हुन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने क्रममा हङकङका लागि पर्थ भागवतले ३६ रन बनाए । उनले ९३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । मोहम्मद जाहिरले २९ तथा अहान त्रिवेदीले ११ रन बनाए । अन्य ब्याटरको खेल प्रदर्शन उल्लेख्य रहेन । बलिङतर्फ नेपालका लागि हेमन्त धामीले तीन, सुवास भण्डारी र आकाश चन्दले दुई दुई तथा  दीपेश कँडेलले एक विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन तथा दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले पराजित गरेको थियो । नेपालले अब मङ्गलबार मलेसियासित तथा बिहीबार युएईसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित, आयोजक युएई, सिङ्गापुर, कुवेत, हङकङ र मलेसिया सहभागी छन् । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेट खेल्न पाउनेछ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार