पपुवा न्युगिनीविरुद्ध कुशलको अर्धशतक

सोमबार, फागुन १५, २०७९
Global Ime Bank

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कुशल भुर्तेलले ५९ बलमा अर्धशतक पूरा गरेका हुन् ।
जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३२ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ५९ बलमा ५ चौकासहित ५० रनमा अविजित छन् । उनलाई कप्तान रोहित पौडेलले २ रनमा साथ दिएका छन् ।
अर्का ओपनर आसिफ शेख ३९ बलमा ५ चौकासहित ४४ रनमा आउट भए । कुशल भुर्तेलसँग तालमेल नमिल्दा आसिफ रन आउट भएका थिए । पहिलो विकेटका लागि आसिफ र कुशलले ७६ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल नर्मन भानुआको १७ औं ओभरको अन्तिम बलमा १० बल खेल्दै चार रनमा बोल्ड आउट भए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो ।
पपुवा न्युगिनीका मध्यक्रमका ब्याटर चाद सोपरले ५३ बलमा २ चौकासहित ३६ रनमा अविजित रहे । नर्मन भानुआले १५ बलमा २ चौका र २ छक्कासहित २५ रन जोड्दै आउट भए । नेपालका गुलशन झाले ९ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए ।
नेपाललाई चौथो झट्का
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाललाई चौथो झट्का लागेको छ ।
नेपालले १९ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ। नेपालका रोहित दिपेन्द्रसिंह ऐरी र आरिफ शेख क्रिजमा छन् ।
ओपनर आसिफ शेख ३९ बलमा ५ चौकासहित ४४ रनमा आउट भए । कुशल भुर्तेलसँग तालमेल नमिल्दा आसिफ रन आउट भएका थिए । पहिलो विकेटका लागि आसिफ र कुशलले ७६ रनको साझेदारी गरेका थिए ।
ज्ञानेन्द्र मल्ल नर्मन भानुआको १७ औं ओभरको अन्तिम बलमा १० बल खेल्दै चार रनमा बोल्ड आउट भएका थिए । ओपनर कुशल भुर्तेल ६९ बलमा ५ चौकासहित ५६ रनमा क्याच आउट भए । कुशल कप्तान असाद भालाको बलमा सेसे बाउबाट सहज क्याच आउट हुन पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार