सुवास र हेमन्तको सानदार बलिङसँगै नेपाललाई हङकङको सामान्य लक्ष्य

सोमबार, फागुन १५, २०७९

काठमाडौं । तीव्र गतिका बलर हेमन्त धामी र स्पिनर सुवास भण्डारीको सानदार बलिङ प्रदर्शनसँगै हङकङले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाललाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ । मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमा अल आउट भयो ।
हङकङका मध्यक्रमका ब्याटर पर्थ भगवतले ९३ बल खेल्दै ४ चौकासहित सर्वाधिक ३६ रन बनाए । पर्थ बाहेक अन्य कुैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
स्पिनर दीपेश कँडेलको बलमा दीपक डुम्रेबाट पर्थ क्याच आउट भएका थिए । मोहम्मद अलियान जाहिर ६७ बलमा ३ चौकासहित २९ रनमा आउट भए । नेपालको सानदार बलिङ सामु हङकङका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सुवास भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । सुवासले ६० मध्य ५१ बल डट राखेका थिए । ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । हेमन्तले ३७ बल डटराखेका थिए । आकाश चन्दले ८।३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले एक विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यता युएईले मलेसियालाई ७ विकेट र हङकङलाई १ सय ६३ रनले हराएको थियो । समान ४ अंक भएपनि नेटरनरेटमा माथि रहँदै युएई शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार