नेपाली यू–१९ टोलीको उत्कृष्ट बलिङ सुरुवात

सोमबार, फागुन १५, २०७९

काठमाडौं । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङसँग उत्कृष्ट बलिङ सुरुवात गरेको छ । मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३३ रन बनाएको छ ।
नेपालका तीव्र गतिका बलर हेमन्त धामीले सुरुवाती दुई विकेट लिँदा एक रन आउट गरेको छ । हङकङका अरेज दार २ र शिव महथुर ८ रनमा हेमन्तको बलमा क्याच आउट भए । अंश रुपेश दोशी ८ रनमा आउट भए ।
नेपालले आज एक परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा उत्तम थापामगरलाई डेब्यू दिएको छ । बागमती प्रदेशका उत्तम मध्यक्रमका ब्याटर हुन् । हेमन्तले ५ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिएका छन् ।
नेपाल प्रतियोगितामा लगातर तेस्रो जितको सोचमा छ। ६ टोली सहभागी यस प्रतियोगिता विजेता टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू(१९ विश्वकप खेल्न पाउनेछ । नेपाल प्रमुख दावेदार टोली हो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यता युएईले मलेसियालाई ७ विकेट र हङकङलाई १ सय ६३ रनले हराएको थियो ।
समान ४ अंक भएपनि नेटरनरेटमा माथि रहँदै युएई शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ । हङकङले पहिलो खेलमा कुवेतलाई एक विकेटले हराएको थियो । कुवेतलाई फराकिलो अन्तरले हराउन कप्तान देव खनालले १ सय २५, अर्जुन कुमालले १ सय ८ र तीव्र गतिका बलर आकाश चन्दले ६ विकेट लिएका थिए ।

नेपालको प्लेइङ ११ : 
देव खनाल (कप्तान), दीपेश कँडेल, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, हेमन्त धामी, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार