स्पिनर सन्दिपको स्थान लिन सक्लान अन्य बलरले 

आईसिसी लिग–२ मा आज नेपाल र पपुवा न्युगिनी खेल्दै

सोमबार, फागुन १५, २०७९

काठमाडौँ । आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ।  दुबईको इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ। 
नेपाल, पपुवा न्युगिनी र युएईबीचको त्रिकोणात्मक सिरिज पपुवा न्युगिनीमा हुनुपर्ने भएपनि खेल्न योग्य संरचनाको अभावमा खेल यूएईमा हुन लागेको हो ।  नेपाल रोहित पौडेल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रनेछन् । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित पुछारमा छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ ।

शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा पाँच खेल जित्नुपर्ने हुन्छ । यता पपुवा न्युगिनी पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भएको छ । पपुवा न्युगिनीको लागि यो प्लेअफ अघि राम्रो तयारी हुनेछ । नेपाल, पपुवा न्युगिनी र युएईबीचको त्रिकोणात्मक सिरिज पपुवा न्युगिनीमा हुनुपर्ने हो । तर त्यो खेल्न योग्य संरचना नभएपछि युएईमा सारिएको हो ।

नेपालले यसै साता घरेलु मैदान टियुमा नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सबै चार खेल जितेको थियो । नेपालले अन्तिम खेल स्कटल्यान्डविरुद्धबाट टोलीमा दुई परिवर्तन गर्ने सम्भावना छ । स्पिनर सन्दीप लामिछाने बलात्कार आरोप लागेपछि विदेश भ्रमणमा रोक हुँदा टोलीमा छैनन् । सन्दीप टोलीमा नहुँदा नेपालले एक स्पिनरलाई मौका दिने सम्भावना छ । टोलीमा स्पिनरको रुपमा मौसम ढकाल छन् । लेग स्पिनर मौसम ढकालले पपुवा न्युगिनीविरुद्ध नेपाली क्रिकेटमा डेब्यू गर्ने सम्भावना छ ।

घरेलु मैदानमा फिट नभएका आरिफ शेख टोलीमा फर्किएका छन् । नेपालका भरपर्दा ब्याटर आरिफ टोलीमा फर्किदा सन्दीप जोरा बेन्चमा बस्ने देखिन्छ । आरिफले तल्लोक्रममा ब्याटिङ गर्नेछन् । आरिफ तेस्रो तीव्र गतिका बलिङ विकल्प हुनेछन् । नेपालले आजको खेलमा आरिफ र मौसमलाई मैदान उतार्नेछ । टोलीमा अन्य खेलाडी परिवर्तनको सम्भावना कम देखिन्छ ।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । यी दुबै ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । पहिलो खेलमा नामिबियालाई हराउन कुशल भुर्तेल पहिलो खेलमा १ सय १५ र आसिफ दोस्रो खेलमा ८१ र बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । यी दुई ओपनरबाट कम्तिमा नेपाल पावर प्लेमा विकेट गुमाउन चाहँदैन।

तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल, चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरमा कुशल मल्ल हुनेछन् । कुशल र रोहितको लय उच्च छ । यी दुई युवा खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ । अन्तिम खेलमा स्कटल्यान्डलाई हराउन रोहितले ९५ रनको एक यादगार इनिङ खेलेका थिए । कुशल मल्लले दुई अर्धशतक हानेका थिए ।

आरिफ शेख छैटौं र दीपेन्द्रसिंह ऐरी सातौं नम्बरमा खेल्नेछन् । दीपेन्द्रको भूमिका टोलीमा फिनिसरको रुपमा छ । करण केसी र सोमपाल कामी नेपालको प्रमुख तीव्र गतिका बलर हुन् । यी दुई खेलाडीबाट नेपाल तल्लोक्रममा राम्रो प्रदर्शन चाहन्छ । नेपालकोा ब्याटिङमा गहिराई समेत हुनेछ । स्पिनरमा मौसम र ललित नारायण राजवंशी हुनेछन् । कुशल मल्ल र दीपेन्द्र पार्टटाइम स्पिनर हुनेछन् । 

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी र मौसम ढकाल ।  शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोट खेल्न नेपालले ८ मध्य ७ खेल जित्नैपर्ने हुन्छ। ओडिआइ मानयता जोगाउन शीर्ष पाँचमा रहनका लागि कम्तिमा पाँच खेल जिते पुग्छ ।   नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकमा छैटौं स्थानमा छ। पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित पुछारमा छ। 

 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार